logo
Information And News Plan Contact Login
Background

१. कार्यालयको परिचय:

दाङ उपत्यकाको धेरै भागमा कृषि व्यवसाय हुने भएपनि सिंचाइ सुविधाको अभावले गर्दा कृषि कार्य क्रमश: घट्दै गएकोमा सिंचाइ हुन सक्ने ५६,००० हेक्टर भूमीमा सिंचाइ सुविधा पुर्यागई, कृषि उत्पादनमा बृद्धि गरी जिल्लाका अधिकांश कृषकहरुको जीवनस्तर उकास्ने तथा आर्थिक समृद्धि तर्फ दिशा पहिल्याउने मुख्य उद्देश्यका साथ २०७३/१०/१७ को नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट बृहत् दाङ उपत्यका सिंचाइ विकास बिशेष कार्यक्रम लागु भई कार्यान्वयनमा आएको छ . सोहि मितिबाट बजेट उपलब्ध भई कार्य सुचारु गरेको छ . दाङ जिल्लाको उत्तर तिर पर्ने जिल्लाहरु मध्ये सल्यान र रोल्पा जिल्लाहरुको नदीहरुबाट जल स्थानान्तरण गरी तथा दाङ उपत्यकाको आन्तरिक स्रोतबाट समेत उपलब्ध जलस्रोत उचित व्यवस्थापन गरी दाङ उपत्यकाको ५६,०० हेक्टर सिंचाइ योग्य जमिनमा बर्शैभारी सिंचाइ सेवा सुनिस्चित गर्ने उद्देश्य राखी आयोजनमा स्थापना भयको हो .

Ø  आयोजनको कूल लागत र अवधि:-

Ø  आ.ब. २०७४/०७५ देखि शुरु भएको यस आयोजना आ.ब. २०८३/०८४ सम्म रहने अनुमान छ र यसको लागत अनुमान ४० अरब हुने अनुमान छ. यधपी समग्र आयोजनाको दिपिआर निर्माण कार्य क्रमागत रहेको हुँदा फाइनल हुने बाँकी नै छ .

Ø  आयोजना कार्यहरु

आयोजना अन्तर्गत ५ वटा (Componet) रहेका छन् .

1.            Component A (डाइभर्सन सम्बन्धी)

·         दाङ डाइभर्सनको अध्ययन भैसकेको . सामाजिक हिसाबले सम्भाव्य नदेखिएको .

·         माडी डाइभर्सन- अध्ययनको तयारी हुदै .

2.            Component B (सहत सिंचाई प्रणालीको विकास र आधुनिकीकरण)

·         डाइभर्सनबाट आउने पानीलाई सिंचित क्षेत्रसम्म पुर्याउने दाङ उपत्यकाको सहाभारत फेदमा निर्माण गर्ने र पुराना किसान व्यवस्थित सिंचाई प्रणालीको आधुनिकीकरण गर्ने .

·         यस कम्पोनेन्ट अन्तर्गत उरहरी जस्पुर सिंचाई प्रणाली र डुरुवा नहर प्रणालीको आधुनिकीकरण गर्ने कार्य शुरु भएको छ .

3.            Component C (जलाशय सम्बन्धी)

·         उपत्यका भित्र रहेका ठुला/साना खोला/चिराहरुमा पक्की र माटोको कच्ची बाँधहरु निर्माण गरि कृतिम जलाशय(पोखरी) हरु निर्माण गर्ने . हालसम्म घोराही, तुलसीपुर, शान्तिनगर र दंगीशरणमा ८ वटा जलाशय निर्माण भइसकेका छन् . आयोजनाले मास्टर प्लान तयार गरिरहेको छ . यसको लागि अत्यधिक माग आउने गरेको छ .

Aim
प्रगन्ना तथा बड्कापथ सिंचाई आयोजना नेपाल सरकारको ऊर्जा, जल श्रोत तथा सिंचाई मन्त्रालयको संगठन भित्र जलस्रोत तथा सिंचाई विभाग अन्तर्गतको एक आयोजना हो। यो आयोजनालाइ मुख्यतया दुईवटा जिम्मेवारी दिइएको छ: एउटा प्रगन्ना कुलो सिंचाई प्रणालीको मर्मत सम्भार र अर्को बडकापथ सिंचाई योजनाको निर्माण। प्रगन्ना कुलो सिंचाई प्रणाली रापति नदीको दाहिने किनारमा अवस्थित छ जसले 58०० हेक्टर जमिनमा सिंचाइ गर्दछ भने बड्कापथ सिंचाई योजना रापती नदीको बाँया किनारमा अवस्थित रहेको छ जसले करिब 4००० हेक्टर जग्गामा सिंचाइ सुविधा पुर्याउने लक्ष्य राखेको छ ।
Plan
दाङ जिल्ला पूर्ण सिचाई गर्ने